Logo

विश्वकै सबैभन्दा धनी मस्कले खोले नयाँ पार्टी, अमेरिकाको राजनीतिमा तरङ्ग

विश्वकै सबैभन्दा धनी मस्कले खोले नयाँ पार्टी, अमेरिकाको राजनीतिमा तरङ्ग



काठमाडौं । विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दलको सुरुवातको घोषणा गरेका छन् । यसले अमेरिकी राजनीतिमा तरङ्ग ल्याएको छ ।

मस्कले आफ्नो शक्ति प्रदर्शन गर्दै डेमोक्रेट र रिपब्लिकन दलहरूका लागि नयाँ चुनौती प्रस्तुत गर्न लागेका हुन्। मस्कले भनेका छन्–आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस् । मस्कले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरे ।

मस्कले आफ्नो पोस्टमा भनेका छन्– ‘तपाईहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईले त्यो पाउनु हुनेछ । अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने कुरा आउँदा, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्रेट) एउटै हुन् । अब देशले दुई दलीय प्रणालीबाट मुक्ति पाउनेछ ।’

मस्कले ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवसमा एक्समा एउटा पोल पोस्ट गरे । यसमा उनले सोधे, ‘के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनु पर्छ ?’ पोलको नतिजामा ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ ले ‘होइन’ मतदान गरे । मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘बिग ब्यूटीफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This