काठमाडौँ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव जारी रहेको छ । तनावका बीच पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न आदेश दिएको छ ।
सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न भनिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका प्रतिनिधिलाई बोलाएर यो निर्णयको बारेमा जानकारी गराएको मिडिया रिपोर्टमा उल्लेख छ ।
ति अधिकारीमाथि पाकिस्तानमा उनले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाइएको छ । यसअघि भारतले बुधबार एक पाकिस्तानी कुटनीतिज्ञलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो । यसको बदलास्वरूप पाकिस्तानले पनि एक भारतीय कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पाकिस्तान उच्चायोगलाई भारतमा रहेका कुनै पनि पाकिस्तानी कूटनीतिज्ञ वा अधिकारीले आफ्नो विशेषाधिकार र हैसियतको कुनै पनि हिसाबले दुरुपयोग नगरोस् भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ।