Logo

रूसको राजधानी मस्कोमा आतंकवादी हमला : ४० को मृत्यु, १०० बढी घाइते

रूसको राजधानी मस्कोमा आतंकवादी हमला : ४० को मृत्यु, १०० बढी घाइते



काठमाडौं । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

laxmi

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो । सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो । सो हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ ।

मस्कोस्थित अमेरिकी दूतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL