Logo

बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्या, हजारौं उडान प्रभावित

बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्या, हजारौं उडान प्रभावित



काठमाडौं। बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् । यस सम्बन्धमा पुर्व सुचनासमेत जारी गरिएको छ।

laxmi

बीबीसीका अनुसार बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले सो सबन्धनमा जानकारी दिदै भनेको थियो, ‘प्राविधिक समस्याको सामना गरिराखेका छौं, त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ।’

समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन्। साथै यात्रुहरुलाई ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ भनिएको छ ।

रिपोर्टहरुका अनुसार बेलायतको नेसनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL