Logo

चिनियाँ खर्बपति ज्याक मा नेपालमा, सात जनाको टोलीसहित विशेष विमानबाट काठमाडौं ओर्लिए

चिनियाँ खर्बपति ज्याक मा नेपालमा, सात जनाको टोलीसहित विशेष विमानबाट काठमाडौं ओर्लिए



काठमाडौं । अलिवावाका संस्थापक ज्याक्मा काठमाडौं आइपुगेका छन् । विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

laxmi

हाल जापानमा बसिरहेका एशियाकै धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक मा त्यहाँ बस्न अफ्ठ्यारो भएपछि उनी ढाकाबाट नेपाल आएका हुन् । उनी सात जनाको टोलीसहित नेपाल आएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । ज्याक मा को खास नाम मा यूङ् हो ।

उनी सेप्टेम्बर १०, १९६४ मा झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन् । व्यावसायिक रूपमा उनी ज्याक मा को नामबाट प्रसिद्ध छन् । उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL