Logo

टोकियोको हानेदा विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए, उडानहरूमा ढिलाई

टोकियोको हानेदा विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए, उडानहरूमा ढिलाई



जापान । टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

laxmi

ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL