GBIME

जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, एकान्तवासबाटै काम गर्दै


बिजखबर संवाददाता
22 August, 2022 6:02 pm

जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, एकान्तवासबाटै काम गर्दै

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनले एकान्तवासमा बसेका छन् भने त्यहीबाट गर्न मिल्ने काम पनि गरिरहेका छन् ।

NLIC
Lamxi_bank

मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए ।

उनलाई भेट्न आएका व्यक्तिबाट उनमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उनका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् ।

कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ । उनी आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्नु हुने भएको छ । उनले कोरोना भाइरस विरुद्धको चौथो पटकको खोप पनि लगाईसकेका थिए ।

जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ । दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । सरकारले कारोना भाइरस विरुद्धको खोप लगाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाइरहेको छ ।
त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण न्युनिकरणका लागि अपनाउनु पर्ने उपायहरु कडाइका साथ लागू गर्न पनि सरकारले अनुरोध गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL