Logo

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, विदेशीमूलका ३ जना अमेरिकीले पाउने

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, विदेशीमूलका ३ जना अमेरिकीले पाउने



काठमाडौं । यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अमेरीकी अर्थशास्त्रीले पाएका छन् । अर्थशास्त्री डेभिड कार्ड, जोसुवा डि। एंग्रिस्ट र ग्वाइडो डब्लु इम्बेन्सले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका हुन् ।

कार्ड लाई ‘श्रम अर्थशास्त्र’ (लेबर इकोनोमिक्स) मा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको होे । उनी क्यानेडियन अमेरिकी हुन् । यस्तै, एंग्रिस्ट र इम्बेन्सलाई ‘कजल रिलेसनसिप’ (कारण–कार्य सम्बन्ध) को विश्लेषणमा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको हो ।

एङ्ग्रिस्ट इजरायली(अमेरिकी र गाइडो इम्बेन्स डच अमेरिकन हुन् । उनीहरुले श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि प्रदान गर्ने र कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ भनेर देखाउन अनुसन्धान गरेका थिए ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार राशी ११ लाख अमेरिकी डलर र एक स्वर्ण पदक रहेको छ । पुरस्कारको आधा हिस्सा कार्डको र आधा हिस्सा एंग्रिस्ट र इम्बेन्सको हुनेछ । ६५ वर्षिय कार्ड युनिभर्सिटी अफ बार्कले, क्यालिफोर्नियामा अर्थशास्त्रका प्राध्यापक हुन् । यस्तै, ६१ वर्षिय एंग्रिस्ट म्यासाच्युसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र ५८ वर्षिय इम्बेन्स स्टानफोर्ड ग्राजुएट्स अफ बिजनेसमा अर्थशास्त्रका प्राध्यपक हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL