Logo

विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख डोज खोप लगाइयो, यी हुन् सबैभन्दा बढी लगाउने १० देश

विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख डोज खोप लगाइयो, यी हुन् सबैभन्दा बढी लगाउने १० देश



काठमाडौं । विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५ सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध बढी खोप लगाएका १० देशहरुमध्ये चीनमा १ अर्व ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ९९ लाख ६६ हजार ९०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ५१ लाख ८० हजार १७८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL