Logo

विश्वका प्रमुख औद्योगिक देशहरु जी सेभेनको घोषणा, गरिब देशहरुलाई कोरोनाविरुद्धको एक अर्ब मात्रा खोप दिने

विश्वका प्रमुख औद्योगिक देशहरु जी सेभेनको घोषणा, गरिब देशहरुलाई कोरोनाविरुद्धको एक अर्ब मात्रा खोप दिने



काठमाडौं । विश्वका प्रमुख औद्योगिक देशहरुले गरिब देशहरुलाई कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब मात्रा प्रदान गर्ने घोषणा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वव्यापी खोप अभियानमा यो ठूलो फड्को बन्ने बताएका छन् ।

विकसित देशहरुको समूह जी सेभेनको बेलायतमा भएको सम्मेलनमा यस्तो सहमति बनेको हो। तर खोपमा राष्ट्रवादी नीतिलाई भने अस्वीकार गरिएको उनले बताए ।

यस्तै जलवायु परिवर्तन विरुद्धको अभियानमा पनि एकीकृत प्रयास गर्ने सहमति जी सेभेनका नेताहरुबिच भएको छ । जी सेभेनका नेताहरुले गरिब देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप सीधै वा विश्व स्वास्थ्य संगठनको संयोजनमा रहेको कोभ्याक्स अभियान अन्तर्गत प्रदान गरिने जोन्सनले बताए।

अहिले घोषणा गरिएको एक अर्ब मात्रा खोप विभिन्न देशहरुले भिन्दा भिन्दै घोषणा गरेको भन्दा थप हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL