Logo

फ्रान्समा चार साताका लागि फेरी देशव्यापी लकडाउन, आफ्नो घरबाट १० किमी भन्दा टाढा जान पनि रोक

फ्रान्समा चार साताका लागि फेरी देशव्यापी लकडाउन, आफ्नो घरबाट १० किमी भन्दा टाढा जान पनि रोक



काठमाडौं । फ्रान्सले कोरोना भाइरसको महामारी बढेपछि फेरी देशव्यापी लकडाउनको घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इमन्युल म्याक्रोनले देशव्यापी चार साताको लकडाउनको घोषणा गरेका हुन् ।

laxmi

राष्ट्रपति म्याक्रोनले टेलिभिजन सन्देश दिदै अत्यावश्यक जरूरीका समानको पसल मात्र खुला रहने र सबैले घरबाट काम गर्नु पर्ने भन्दै देशव्यापी लकडाउनको घोषणा गरेका छन् । उनले देशव्यापी रुपमा सार्बजनिक सभाका लागि रोक लगाएका छन् भने बिना कारण आफ्नो घरबाट १० किमी भन्दा टाढा पनि रोक लगाएका छन् ।

त्यस्तै शैक्षिक संस्थाहरु पनि बन्द हुने उनले बताएका छन् । राष्ट्रपति म्याक्रोनले शुक्रबारसम्म लकडाउन अवधिमा आफु बस्ने स्थानसम्म जान भने अनुमति दिने बताएका छन् ।

म्याक्रोनले देशमा नयाँ स्वरुपको कोरोनाको संक्रमण बढ्दै गएकाले अहिले सजक हुनुपर्ने बेला भएको बताएका छन् । साथै उनले लकडाउनको समयमा सरकार खोप अभियानलाई तिब्र पार्ने समेत बताउदै १८ बर्षभन्दा माथिका सबैलाई खोप लगाइने बताएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्समा अहिलेसम्म फ्रान्समा ४६ लाखभन्दा संक्रमित भएका छन् भने ९५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL