Logo

आर्थिक पत्रकारलाई जीवन बीमा सम्बन्धी तालिम, बीमाको बारेमा विस्तृत जानकारी

आर्थिक पत्रकारलाई जीवन बीमा सम्बन्धी तालिम, बीमाको बारेमा विस्तृत जानकारी



काठमाडौं । आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि एक दिवशीय अन्तरकृयात्मक तालिमको आयोजना गरिएको छ ।
गएको शुक्रबार इकोनोमिक मिडिया सोसाइटी नेपाल र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बिषय बस्तुलाई लक्षित गरीे संयुक्त रुपमा तालिम आयोजना गरेको हो ।

पछिल्ला दिनहरुमा जीवन बीमा कम्पनीहरुको वित्तीय सूचकको अध्ययन जटिल विषय भएको सम्बद्ध पक्षहरुले बताएका छन् ।
विशेष गरि पूँजी बजारमा सूचीकृत सबै कम्पनीहरुको वित्तीय विबरणबाट खुद नाफालाई आधार बनाएर अध्ययन गर्ने तथा समाचार सम्प्रशेष हुँदा जीवन बीमा कम्पनीको वास्तविक अवस्था ओझेलमा पर्ने गरेको अन्तरकृयात्मक तालिमका सहभागि तथा आयोजकहरुले जानकारी दिएका छन ।
आर्थिक विषयमा केन्द्रीत भई सञ्चालन हुँदै आएका ‘आर्थिक मिडिया’ हरुको साझा हितका विषयमा काम गर्ने लक्ष्यसहित ‘इकोनोमिक मिडिया सोसाईटी नेपाल’ ले काम गर्दै आएको छ । त्यस्तै बैंक, बीमा, पूँजी बजार, सहकारी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज् नाफ्सले सक्रियता बढाउँदै आएको छ ।

कार्यक्रममा ३ दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका नाफ्सका अध्यक्ष रमेशकुमार भट्टराईले जीवन बीमा सम्बन्धि समाचार सम्प्रेशण गर्दा पत्रकारिताको भूमिकाबारे प्रशिक्षण दिए । भट्टराइले आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुले बीमा क्षेत्रबारे समाचार लेख्दा बिशेष ध्यान दिनुपर्ने बताएका हुन ।

पछिल्लो समय बीमा क्षेत्रबारे लेखिनुपर्ने समाचार सहि रुपमा सम्प्रेषण नभएको गुनासो गर्दै अध्यक्ष भट्टराईले यस क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई बीमासँग जोडिएका बिषयमा अध्ययन गर्न सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This