Logo

हिमालयन रि-इन्स्योरेन्सकाे नाफा २९ प्रतिशतले बढ्याे, बीमाशुल्क संकलनमा पनि सुधार

हिमालयन रि-इन्स्योरेन्सकाे नाफा २९ प्रतिशतले बढ्याे, बीमाशुल्क संकलनमा पनि सुधार



काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत, कुल आम्दानी २२.८० प्रतिशत, कुल दाबी भुक्तानी १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This