Logo

गुराँस लाइफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व, अनाथ बालबालिकालाई सहयोग

गुराँस लाइफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व, अनाथ बालबालिकालाई सहयोग



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनाथ बालबालिकालाई सहयोग गरेको छ । शनिवार कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेसनरी सहयोग प्रदान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिवशंकर नेपाली मार्फत बालबालिकालाई सहयोग हस्तान्तरण गरे । बुढानिलकण्ठ नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गरेको सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्षसुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

१९ वर्ष देखि संचालनमा रहेको नव यूवा बाल सुधार समाजलाई सिएसआरअन्तर्गत कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृत लालले बताए । वडा अध्यक्ष श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL