Logo

राष्ट्रिय बीमा कम्पनीले माग्यो सिइओको लागि आवेदन, यस्ता छन् मापदण्ड

राष्ट्रिय बीमा कम्पनीले माग्यो सिइओको लागि आवेदन, यस्ता छन् मापदण्ड



काठमाडौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमूख कार्यकारी अधिकृत ९सिइओ० को माग गरेको छ । आइतबार कम्पनीले सार्वाजनिक सुचना जारी गरी नयाँ प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन माग गरेको हो ।

कम्पनीका अनुसार सिइओको लागि चाहिने न्युनतम योग्यता भनेको बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत बिषयमा स्नातकोत्तर गरेको हुनु पर्छ भने कम्तिमा ५ बर्ष ब्यवस्थापकीय काम गरेको अनुभव पनि जरुरी रहेको छ ।

त्यस्तै चार्टड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, बाणिज्यशास्तत्र तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन बिषयमा स्नातक गरी कम्तीमा बीमा क्षेत्रमा १२ बर्ष व्यवस्थापनमा रही काम गरेको वा बैंक तथा वित्तिय क्षेत्रमा १५ बर्ष काम गरेको हुनुपर्ने छ ।

तर यदी दुवै क्षेत्रमा काम गरेको भएमा बढीमा १३ बर्षको कार्यसम्पादन अनुभव रहे हुने सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL