Logo

तातोपानी नाका खुलाउने काम द्रुत गतिमा, प्रर्याप्त बजेट विनियोजन

तातोपानी नाका खुलाउने काम द्रुत गतिमा, प्रर्याप्त बजेट विनियोजन


बिजखबर संवाददाता
0
Shares

सरकारले कोदारी राजमार्गको स्तरोन्नति र पुननिर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएपछि त्यसको विकल्पमा आपूर्ति व्यवस्था सहज बनाउन आश्यक बजेटको व्यवस्थता गरी स्तरोन्ततिलाई अघि बढाएको हो । हाल द्वुत गतिमा काम अघि बढेको र २४ घण्टा काम अघि बढाइने सडक विभागले जनाएको छ ।

दक्षिणतर्फका नाकाबाट आउने सामानहरुको आपूर्तिमा समस्या देखिएको अवस्थामा चीनतर्फका नाकाहरु तत्काल सञ्चालन सरकारले कामलाई तिब्रता दिएको हो । गत वैशाख १२ गतेको भूकम्प, त्यसपछिका पराकम्पन र लगत्तैको बर्षादका कारण तातोपानी जोड्ने कोदारी राजमार्गमा अवरोध उत्पन्न भएको थियो । यसैगरी रसुवा केरुङ मार्ग पनि अवरुद्ध हुन पुगेको छ । दुवैतिरका नाका तत्काल खुलाउनका लागि धमाधम काम भइरहेको छन् ।

सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत पर्याप्त रकमको व्यवस्था गरी उपरोक्त मार्गहरुको निर्माण तथा पुननिर्माणका लागि प्राथमिकताका साथ काम गर्दै आएको छ । यी दुई मार्ग तथा नेपालभरका सडकहरुको मर्मत सुधार तथा पुननिर्माणका लागि अर्थमन्त्रालयले सडक बोर्डलाई एकमूष्ठरुपमा ५ अर्ब रुपैयाँ दिएको छ । साथै, स्तरोन्नति र मर्मत सम्भारका लागि उक्त बजेट अपुग भएमा थप बजेटको समेत व्यवसस्था गरिने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

यसका अतिरिक्त अरनिको राजमार्ग व्यस्त ट्राफिक रुट भएकोले सडक फराकिलो बनाउने परियोजनाका लागि नेपाल र चीन सरकारबीच गत असारमा एक सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार चीन सरकारले संभाब्यताका आधारमा रकम व्योहोरेर सडक विस्तारको काम समेत गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्
MBL