Logo

खानेपानी मन्त्री बीना मगरले भनिन : मेलम्चीको पानी छिट्टै काठमाडौं आउँछ, आगामी बर्षसम्म यसको बहस हुने अवस्था आउँदैन

खानेपानी मन्त्री बीना मगरले भनिन : मेलम्चीको पानी छिट्टै काठमाडौं आउँछ, आगामी बर्षसम्म यसको बहस हुने अवस्था आउँदैन



laxmi

काठमाडौं । बुहप्रतिक्षित मेलम्ची खानेपानी आयोजना यसै बर्ष पूरा हुने भएको छ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने परियोजनाको उद्घाटन छिट्टै हुने बताएकी छन् । उनले सोमबार संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै त्यसको तयारीमा सरकार लागेको बताईन । दुई दशकदेखि सधैं उठिरहने प्रश्नमध्ये मेलम्ची आयोजना पनि हो । यसको भौतिक काम आगामी आर्थिक वर्षभित्र सकिनेछ, वितरणको काम व्यवस्थित ढंगले अघि बढाइनेछ । मेलम्ची खानेपानीका विषयमा उठ्ने गरेका प्रश्नहरुको बीट मार्ने बेला आएको छ, उनले भनिन । उनले अब मेलम्चीको बारेमा हुने बहस आगामी बर्षदेखि टुंगिने बताएकी हुन् ।

मन्त्री मगरले नेपालमा खानेपानीको समस्या तत्कालको नभएको बताउदै बरु सरकारले तत्काल र दिर्घकालिन योजना बनाएर समस्या समाधानका लागि लागिपरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL