Logo

रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड, यी हुन् आगामी आवमा निर्माण सुरु हुने रेलमार्ग

रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड, यी हुन् आगामी आवमा निर्माण सुरु हुने रेलमार्ग



काठमाडौं । सरकारले रेलमार्गहरूको निर्माण गर्न आगामी आर्थिक बर्षको लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले पूर्व–पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

laxmi

विभागले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणको काम सुरु गर्नेछ । त्यस्तै काँकडभिट्टा–इनरुवा–विराटनगर खण्डको करिब १०६ किलोमिटर दुरीको कामसमेत सुरु गर्ने छ ।

त्यस्तै काठमाडौं केरुङ, काठमाडौं रक्सौललगायतका काम सुरु गर्न सरकारले उक्त बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन । पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म ४ सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने पूर्वमा इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार छ ।

निजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । एक वर्षभित्र यो खण्डको पनि डीपीआर तयार भइसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL