Logo

आगामी आवमा सडक विस्तारमा जोड, सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४२ करोड विनियोजन

आगामी आवमा सडक विस्तारमा जोड, सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४२ करोड विनियोजन



काठमाडौं । सरकारले आगामी चालु आर्थिक बर्षमा सडक विस्तारमा जोड दिने भएको छ । सरकारले आगामी आवमा हरेक प्रदेशबाट राष्ट्रिय राजमार्गमा जोडिने गरि काम गर्ने भएको छ ।

सरकारले आगामी ३ बर्षमा सम्पन्न गर्ने गरि पूर्वपश्चिम राजमार्गलाई ४ लेनको डेडिकेडेट राजमार्ग निर्माण गर्न १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै प्रदेश सरकारसंग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने भएको छ । सरकारले सबैतिरको सुरुङमार्गका लागि ६ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड, काठमाडौं तराई फ्रास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्न ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक र्पुयाउने, हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ भने मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने भएको छ । पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL