Logo

मेलम्ची खानेपानी आयोजना यसै बर्ष सम्पन्न हुने, खानेपानी तथा सरसफाईको लागि ४३ अर्ब १० करोड बजेट विनियोजन

मेलम्ची खानेपानी आयोजना यसै बर्ष सम्पन्न हुने, खानेपानी तथा सरसफाईको लागि ४३ अर्ब १० करोड बजेट विनियोजन



काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना चालु आर्थिक बर्ष भित्रै सम्पन्न गर्ने जानकारी दिएको छ । आगामी आवको बजेट विनियोजन गर्दै सरकारले बिहीबार मेलम्ची खानेपानी आयोजनाको लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै सरकारले आगामी २ बर्ष भित्रै ९४ प्रतिशत जनतालाई खानेपानीको सुविधा पुर्याउने भएको छ । मेलम्ची खानेपानी आयोजना चालु आवभित्रै सम्पन्न गर्ने गरि तयारी भईरहेको समेत अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन ।

सम्पूर्ण आमजनतालाई खानेपानीको ब्यवस्था गर्न बजेट विनियोजन गरेको र खानेपानी तथा सरसफाईका लागि कुल ४१ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL