Logo

रानीपोखरी पुनर्निर्माणमा बिजुली चोरी भएको खुलासा, जरिवानासहित झन्डै ३ लाख रुपैयाँ असुली गर्ने निर्णय

रानीपोखरी पुनर्निर्माणमा बिजुली चोरी भएको खुलासा, जरिवानासहित झन्डै ३ लाख रुपैयाँ असुली गर्ने निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अनुमति नै नलिई ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणमा विद्युत प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनर्निर्माणमा अनुमति नलिइ विद्युत् लिइएको पाइएपछि जरिवाना गरेको हो ।
केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो ।

उक्त टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, बत्तीत्तलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ । स्थलगत अनुगमन प्रतिवेदन र एक बर्षको खपत विवरणलाई आधार मानी २ लाख ९५ हजार ८ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिएका छन । उनले प्रत्यक्ष हुकिङ गरेर १ लाख ४७ हजार ८२३ रुपैयाँको विद्युत् चोरी भएको पाइएको बताए ।

प्राधिकरणले चोरी गरेको पाइएपछि शतप्रतिशत जरिवाना गर्दै लाइन काटिदिएको छ । यस्तै मूल्य अभिवृद्धिकरसहित २ लाख ९५ हजार ८ सय ९२ रुपैयाँ बराबरको रकम असुल गर्ने तय गरिएको श्रेष्ठले बताएका हुन । कारवाही पछि मिटर राखी विद्युत् जडान गर्ने तयारी गरिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL