Logo

सकियो पुनर्निर्माण प्राधिकरणको म्याद तर सकिएन पुनर्निर्माण, आवासदेखि साँस्कृतिक सम्पदासम्म कति निर्माण चरणमा छन् (सूचीसहित)

सकियो पुनर्निर्माण प्राधिकरणको म्याद तर सकिएन पुनर्निर्माण, आवासदेखि साँस्कृतिक सम्पदासम्म कति निर्माण चरणमा छन् (सूचीसहित)



काठमाडौं । भुकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद आज (शुक्रबार) देखि औपचारिक रुपमा सकिएको छ । भुकम्पबाट क्षति पुगेका निजी आवस, सरकारी भवनदेखि साँस्कृतिक सम्पदासम्मको पुनर्निर्माण गर्न गठित प्राकिधरणको ६ बर्षे कार्यकाल आजबाट सकिएको हो । तत्कालिन समयमा ५ बर्षभित्र पुनर्निर्माण कार्य सक्नेगरी प्राधिकरण गठन गरेपनि सोही अबधिमा निर्माण कार्य सम्पन्न नभएको भन्दै प्राधिकरणको म्याद १ बर्ष अर्थात पुस ९ गतेसम्मका लागि थप गरिएको थियो ।

laxmi

प्राधिकरणको ६ बर्षे कार्यकाल सकिएपनि सो अबधिमा पुनर्निर्माण भने सकिएको छैन । प्राधिकरणले आफ्नो ६ बर्षे कार्यकाल सकिदा सार्वजनिक गरेको तथ्याङ्क अनुसार अझै पनि पुनर्निर्माणका थुप्रै काम बाँकी रहेका छन् । सो अबधिमा प्राधिकरणले भुकम्पबाट भत्किएका ८ लाख २९ हजार ६६७ ओटा निजी आवस निर्माणका लागि अनुदान सम्झौता गरेको छ । तर सो अबधिमा ७ लाख ३ हजार ३०७ ओटा निजी आवस मात्र पुनर्निर्माण सम्पन्न भएको छ । जसमध्ये ८ लाख २८ हजार ७६३ जनाले पुनर्निर्माणका लागि पहिलो किस्ता लिएका छन् भने ७ लाख ५० हजारभन्दा बढीले दोस्रो किस्ता लिईसकेका छन् । सोही अनुरुप सरकारी भनव, सास्कृतिक सम्पदा, अस्पतालहरुपनि अझै निर्माणचरणमा छन् ।

प्राधिकरणको बिहीबार एक कार्यक्रमबीच रानीपोखरीको संरक्षण दायित्व, सम्पत्ति र श्रेष्ता काठमाडौं महानगरपालिकालागि हस्तान्तरण गरेको छ । यसैगरी प्राधिकरणबाट भइरहेका विभिन्न कार्यहरु, श्रेष्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ भने साथै बाँकी कामहरु भूकम्प पुनर्निर्माण इकाईमार्फत् सम्पादन गरिने भएको छ ।

साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायहरु मार्फत सम्पादन भैरहेका पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुनेछन् । विश्व बैँकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धि कार्य पनि अब सोही निकायले हेर्नेछ ।

त्यस्तै, पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

हालसम्म भएको पुनर्निर्माणको तथ्याङ्क

निजी आवास पुनर्निर्माण लाभग्राही

अनुदान सम्झौता गरेका लाभग्राहीः ८,२९,६६७
पहिलो किस्ता लिएका लाभग्राहीः ८,२८,७६३
दोस्रो किस्ता लिएका लाभग्राहीः ७,५०,४५९
तेस्रो किस्ता लिएका लाभग्राहीः ७,०३,३०७

निजी आवास पुनर्निर्माण

पुनर्निर्माण सम्पन्न घरः ७,०३,३०७ (तेस्रो किस्ता लिएको आधारमा)

विद्यालय भवन

लक्ष्य– ७५५३, पुनर्निर्माण सम्पन्न– ६,६४७, पुनर्निर्माण जारी – ९३६

स्वास्थ्य संस्थाका भवन

लक्ष्य – ११९७, पुनर्निर्माण सम्पन्न – ७५१, पुनर्निर्माण जारी – ३५४

साँस्कृतिक सम्पदा

लक्ष्य– ९२०, पुनर्निर्माण सम्पन्न – ६०६, पुनर्निर्माण जारी – २८८

सरकारी भवन

लक्ष्य– ४१५, पुनर्निर्माण सम्पन्न – ३८८, पुनर्निर्माण जारी – २०

सुरक्षा निकायका भवन

लक्ष्य– २१६ (पुनर्निर्माण प्राधिकरणमार्फत), पुनर्निर्माण सम्पन्न – २१६, पुनर्निर्माण जारी – ०

जोखिमयुक्त बस्तीका लाभग्राहीको व्यवस्थापन

जम्मा लाभग्राही– ४,७२०
सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएका – ३,४६२
सुरक्षित बस्तीका लागि सरकारी जग्गा प्राप्त गर्ने लाभग्राहीः ६२९
अन्य ढंगबाट जग्गा व्यवस्थापन गरेका – ६२९

भूमिहीन लाभग्राहीको व्यवस्थापन

जम्मा लाभग्राही– १२,७५७
साविककै स्थानमा घर बनाउन अनुमति पाएका – ११,५८०
जग्गा खरिद अनुदान उपलब्ध गराउने निर्णय भएका – १,१७७
जग्गा खरिद अनुदान उपलब्ध गराइएका – ७५७

निर्माणकर्मी तालिम
करिब १ लाख जना

अनुभवप्राप्त इञ्जिनियर
करिब ६ हजार जना

प्रतिक्रिया दिनुहोस्
MBL