Logo

सरकारलाई विकास समितिको ८ बुँदे निर्देशन, समयमै मेलम्ची ल्याउन दबाब

सरकारलाई विकास समितिको ८ बुँदे निर्देशन, समयमै मेलम्ची ल्याउन दबाब



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाका लागि सरकारलाई ८ बुँदे निर्देशन दिएको छ ।

मेलम्ची आयोजनामा भएको ढिलाईको बारेमा आएका विभिन्न गुनासोका आधारमा उक्त निर्देशन दिएको हो । समितिको ७० औं बैठकले आयोजनामा भएको ढिलाईको अन्त्य गरी निर्धारित समयमै काठमाडौंबासीलाई खानेपानी पुर्याउन निर्देशन दिएको हो ।

यस्तै समितिले आयोजनाका स्थानीय भेण्डर र सप्लायर्सहरुको समस्या पहिचान र समाधानका लागि गठित प्राविधिक समितिको प्रतिवेदन तत्काल बुझाउन र कार्यान्वयन गर्न समेत निर्देशन दिएको हो ।

लामो समयसम्म अन्यौलमा परेको उक्त आयोजनाका लािग समितिले आयोजना प्रभावित क्षेत्रमा विद्युत, खानेपानी लगायका सेवा विस्तार गर्न समेत निर्देशन दिएको छ । साथै आयोजनाको सेयर बाँडफाँडको नीतिगत टुङ्गो लगाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL