Logo

पूर्वाधार सम्मेलनले देशमा लगानीको वातावरण निर्माण गर्छ : सीएनआई

पूर्वाधार सम्मेलनले देशमा लगानीको वातावरण निर्माण गर्छ : सीएनआई


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता ।
nepa infrastructure_summit २३ कात्तिक, काठमाडौं । पूर्वाधार सम्मेलनको उद्देश्य कुनै पनि परियोजना निर्माणामा सम्झौता गर्ने नभई देशमा लगानीको वातावरण निर्माण गर्ने रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले बताएकोछ । ‘हामीले पूर्वाधार सम्मेलनमा कुनै मेगा प्रोजेक्ट निर्माणका लागि विदेशीसँग सम्झौता गर्न लागिरहेका छैनौं,’ आइतबार नेपाल पूर्वाधार सम्मेलन २०१४ को समय तालिका सार्वजनिक कार्यक्रममा का वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले भने, ‘सम्मेलने तत्काल परियोजना निर्माणका लागि सम्झौता गर्ने भन्दा पनि दिर्धकालिनरुमा देशमा पूर्वाधार निर्माण गर्न सहयोग पुग्ेछ ।’
शर्माका अनुसार पूर्वाधार सम्मेलनले देशमा सार्वजनिक निजी साझेदारी मोडलमा पूर्वाधार विकास गर्न सहयोग पुग्ने छ । विश्वमा सार्वजनिक निजी साझेदारी मोडलले सफलता हासिल गरेको बताउ्ँदै नेपालले पनि यसलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । हाल नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको योगदान जेरो दशमलव ६६ प्रतिशतमात्र रहेको चर्चा गर्दै आगामी दिनमा देशमा द्वत गतिमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको उल्लेख्य सहभागिता हुनुपर्ने बताए । ‘सरकारले पूर्वाधार निर्माणमा वार्षिक अर्बो रुपैयाँ खर्च गर्दै अएको छ,’ उनले भने, ‘तर, सोचे अनुरुप विकास हुन सकेको छैन ।’ साथै, सम्मेलनले नेपालमा पूर्वाधार विकासका लागि नीति नियम बनाउन समेत सहयोग पुग्ने उनको दाबी छ ।
सीएनआईले यही कात्तिक २५ र २६ गते हुने सम्मेलनको समय तालिका समेत सार्वजनिक गरेको छ  । तालिक अनुसार २५ गते विहान ८ बजेदेखि शुरु हुने उक्त सम्मेलन २६ गते बेलुका सकिनेछ । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL