Logo

उद्योगको जग्गा बेच्न नपाईने, मौद्रिक नीतिबाट पुनर्कर्जाको सिमा बढाईने

उद्योगको जग्गा बेच्न नपाईने, मौद्रिक नीतिबाट पुनर्कर्जाको सिमा बढाईने



काठमाडौं । उद्योगीहरुले उद्योग स्थापना भएको जग्गा बिक्री गर्न नपाउने भएका छन् । पछिल्लो समय उद्योग स्थापनाका लागि सस्तोमा जग्गा खरिद गर्ने र त्यसलाई पछि चक्लाबन्दी गरेर बेच्नेक्रम बढेसँगै त्यसलाई रोक लगाउने लागिएको हो ।

laxmi

नयाँ भुमी सुधार व्यवस्था ऐनमा उद्योगको जग्गा कित्ताकाट गरेर बिक्री गरेर रोक लगाउन लागिएको अर्थ सचिव डा. राजन खनालले जानकारी दिए । ‘पहिला उद्योगका लागि सरकासँग भनेर वा अन्य कुनै उपाय लगाएर सस्तोमा जग्गा खरिद गर्ने अनि त्यसलाई पछि मूल्य बढाएर कित्ताकाट गरेर बिक्री गर्न पाईदैन,’ उनले भने ।

तर, उद्योगीहरुले जुन प्रयोजनका लागि जग्गा किनेका छन वा उद्योग सहितको जग्गा चक्लाबन्दी बिक्री नगरी बिक्री गर्न भने पाईने उनले जानकारी दिए । पछिल्लो समय सरकारले उद्योगहरुले आफ्नो स्वामित्वमा राख्न पाउने जग्गाको हदबन्दी बढाएको छ । तर उद्योगीहरुले त्यसलाई दुरुपयोग गर्दै उद्योगको नाममा जग्गा खरिदगरी बिक्री गर्न सक्ने हुनाले त्यसलाई रोक लगाउन लागिएको हो ।

यसैगरी आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत उद्योगीले पाउँदै आएको पुनर्कर्जाको सिमा समेत बढाइने अर्थ सचिव खनालले जानकारी दिए । ‘हामीले बजारमा थप तर ल्याउन र उद्योगीलाई दिईने पुनर्कर्जाको सिमा बढाउन राष्ट्र बैंकसँग छलफल गरेका छौं,’ उनले भने, ‘तसर्थ मौद्रिक नीतिपछि उद्योगी व्यवसायीको माग सम्बोधन हुनेछ ।’ साथै पछिल्लो समय सरकारले स्वदेशी उद्योग संरक्षण र आयात घटाउने नीति लिएको भन्दै सचिव खनालले सोही अनुरुप अघि बढ्न उद्योगी व्यवसायीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL