Logo

सौर्य उर्जा र बल्क ह्यान्डलिङको सम्भाव्यता अध्ययन गर्न अनुमति, अघि बढ्यो बुद्धिस्ट प्रर्दशनी पार्क

सौर्य उर्जा र बल्क ह्यान्डलिङको सम्भाव्यता अध्ययन गर्न अनुमति, अघि बढ्यो बुद्धिस्ट प्रर्दशनी पार्क



काठमाडौं । लगानी बोर्डले विदेशी कम्पनीलाई सात वटै प्रदेशमा सौर्य उर्जाको सम्भाव्यता अध्ययन गर्नका लागि अनुमति दिएको छ ।

laxmi

आइतबार बसेबो बोर्डको ३८ औं बैठकले सो कार्यका लागि फिलिपिन्सको एमएस ग्रिनरी सोलुसन कम्पनीलाई जिम्मा दिएको हो । सातै प्रदेशमा कुल ५ सय ५० मेगावाट क्षमताको सौर्य उर्जा परियोजनाको सम्भाव्यता अध्ययनका लागि सो कम्पनीलाई अनुमति प्रदान गरेको बोर्डले जानकारी दिएको छ । प्रदेशमा सौर्य उर्जाको सम्भाव्यता अध्ययन गर्न ४८ अर्ब २४ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

यसैगरी बोर्डको बैठकले विरगंजको भैरहवामा प्राइभेट फ्रेड टर्मिनल तथा बल्क ह्याण्डलिङका लागि पनि अनुमति दिएको छ । सो कार्यका लागि नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी फ्लास फ्रेट लजिस्टीक कम्पनीलाई अनुमति दिईएको हो । सोको लागत ६ अर्ब ५१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यसैगरी लुम्बिनीमा वल्र्ड बुद्धिस्ट एक्जीविशन पार्क निर्माण तथा संचालनका लागि प्रस्तावक कम्पनीलाई जिम्मा दिएको छ । सोको जिम्मा सिल्क रोड ईन्टरनेशनल होल्डिङ्सले पाएको छ ।

बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा आर्थिक विकासका लागि ठूला परियोजना निर्माणलाई द्वूत गतिमा अघि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका थिए । साथै सोका लागि सम्बद्ध पक्षबीचको अन्तरसम्बन्द्ध पनि उत्तिकै जरुरी रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL