Logo

मेलम्चीको काममा फर्कने भयो सिएमसी, किन फर्कियो हेर्नूहोस

मेलम्चीको काममा फर्कने भयो सिएमसी, किन फर्कियो हेर्नूहोस



काठमाडौं । कम्पनी घाटामा गएको भन्दै मेलम्ची आयोजना अलपत्र पारेर भाग्न लागेको सिएमसी कम्पनी पुनः काममा फर्कने भएको छ । सरकारले करिव ३ अर्ब धरौटी जफत गर्ने भएपछि काममा फर्कने भएको हो ।

कम्पनीले स्ट्याण्डर्ड चार्टर्ड बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्कमा राखेको ३ अर्ब रुपैयाँ धरौटी जफत गरी आफ्नै ढङ्गले मेलम्ची अघि बढाउने निर्णय गरेपछि ठेकेदार काममा फर्कन बाध्य भएको खानेपानी मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो क्षतिपुर्ती सरकारले नदिएसम्म काम सुचारु नगर्ने भन्दै काम छोडेर भाग्न लागेको आरोप लागेको थियो । साथै सोही अनुसार सरकारले कम्पनीको धरौटी जफत गरेको हो । तर कम्पनीले भने उक्त जफत गरिएको रकम फिर्ता पाउँ भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL