Logo

निर्माण व्यवसायलाई उद्योगको मान्यता दिइदै, अनिमियतता र गुण्डागर्दी हटाउन उद्योग मन्त्रीको आग्रह

निर्माण व्यवसायलाई उद्योगको मान्यता दिइदै, अनिमियतता र गुण्डागर्दी हटाउन उद्योग मन्त्रीको आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ माघ, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले निमार्ण व्यवसायमा देखिएका अनियमितता र गुण्डागर्दी अन्त्य गर्नुपर्ने बताएका छन् । ‘निमार्ण व्यवसायमा देखिएका गुण्डागर्दी र अनिमियतता अन्त्य गर्न सामुहिकरुपमा पहल गरौँ,’ नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले भने, ‘त्यसमा म जस्तो सुकै साथ दिन पनि तयार छ ।’

व्यवसायीसँगको भेटमा उनले नयाँ बन्ने औद्योगिक ऐनमा निमार्ण व्यवसायलाई राष्ट्रिय प्राथमिकता उद्योगको रुपमा राख्न लागिएको समेत जानकारी दिए । निर्माण व्यवसायलाई उद्योगको फराकिलो र नयाँ परिभाषा दिन मन्त्रालय लागिपरेको समेत उनको भनाइ थियो ।

उद्योगको विकास र प्रबद्र्धनका लागि स्थानीय विकास मन्त्रालय, वन मन्त्रालय र वातावरण मन्त्रालयबीच समन्वयन हुनुपर्ने बताए । उहाँले उद्योग व्यवसायको क्षेत्रमा देखिएका कानुनी जटिलता र ऐन नियममा भएका प्रावधानलाई उद्योगमैत्री बनाइने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको नेतृवमा गएको टोलीले निर्माण व्यवसायलाई पूर्ण रुपमा उद्योगको मान्यता दिनुपर्ने लगायतका माग सहित उद्योग मन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL