Logo

निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने रकम चाँडै पाउनुपर्छ : महासंघ अध्यक्ष ढकाल

निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने रकम चाँडै पाउनुपर्छ : महासंघ अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औ वार्सिकोत्सवमा बोल्दै, महासंघका अध्यक्षले यस्तो धारणा राखेका हुन् ।

laxmi

अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरे । सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन किनकि यसले परियोजनाहरूमा ढिलाइ हुन सक्छ भनी जानकारी दिए ।

हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त भएको बताए ।

कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरु बाट सजिलै संग ऋण प्रवाह हुन सक्ने संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिए । ।

प्रतिक्रिया दिनुहोस्
MBL