Logo

उपत्यका विकास प्राधिकरणमा जनशक्ति अभाव, कार्यसम्पादनमा धक्का

उपत्यका विकास प्राधिकरणमा जनशक्ति अभाव, कार्यसम्पादनमा धक्का



काठमाडौं । काठमाडौँ उपत्यकाको समन्वयात्मक रुपमा योजनाबद्ध एवं एकीकृत विकास गर्ने उद्देश्यले स्थापना भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर गरेको छ ।

प्राधिकरणमा स्वीकृत दरबन्दी अनुसार विकास आयुक्त समेत १ सय ३७ जनाको दरबन्दी छ । तर हाल कार्यरत भने ६० मात्र रहेको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए । प्राधिकरणमा दरबन्दी अनुरुपका कर्मचारी नभएपछि लेखासहित १३ जना कर्मचारी भने निजामती सेवाबाट काजकमा ल्याएको पनि उनले बताए ।

लामो समयदेखि पदपूर्ति नभएकाले हाल कार्यालयमा आठौँदेखि दसौँ तहसम्मका कर्मचारी पनि छैनन् । यसका कारण हाल प्राधिकरणमा आठौँ तहका ‘डिभिजनल प्लानर’, ‘डिभिजनल इञ्जिनियर’, ‘वरिष्ठ कानुन अधिकृत’ र ‘प्रशासकीय अधिकृत’ पद रिक्त छ ।

यसैगरी नवौँ तहका ‘सिनियर डिभिजनल इञ्जिनियर’ र ‘वरिष्ठ प्रशासकीय अधिकृत’ पद पनि रिक्त रहेको छ । दसौँ तहका इञ्जिनियरिङ र प्रशासनतर्फका उपविकास आयुक्त पद पनि प्राधिकरणमा लामो समयदेखि रिक्त रहेको जनाइएको छ ।

कार्यालय स्वीकृत दरबन्दीको करिब ४० प्रतिशत जनशक्तिका भरमा सञ्चालन गर्नुपर्दा प्राधिकरण ऐन २०४५ र नियमावली २०६८ ले तोकेका काम गर्न असहजता भएको प्रशासकीय अधिकृत अर्यालले बताए । प्राधिकरणलाई ऐनले तोकेका अन्य कार्यसम्पादनमा पनि जनशक्ति अभावले प्रभाव परेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL