Logo

मेलम्ची खानेपाने आयोजनाको सुरूङ पुनः परिक्षण गरिँदै, उपत्यकामा १ महिना पानी नआउने

मेलम्ची खानेपाने आयोजनाको सुरूङ पुनः परिक्षण गरिँदै, उपत्यकामा १ महिना पानी नआउने



काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना नआउने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको हो ।

आयोजनाले परिक्षण अन्तर्गत रहेर उपत्यकामा पानी वितरण गरिरहेको थियो । हाल ३ महिने परिक्षणको अवधि समाप्त भएपछि आयोजनाले पुनः परिक्षणका लागि पानी बन्द गर्न लागको जानकारी दिएको छ । आयोजनाले फागुन १० गते पहिलोपटक सुरूङमा पानी हालेर परिक्षण गरेको थियो ।

पुनः परिक्षणका लागि असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिने आयोजनाले जानकारी दिएको छ । उक्त परिक्षणमा ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन्। पानी खाली गराउन पन्ध्र दिन लाग्नेछ। र, निरीक्षण गर्न १० दिन लाग्ने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL