Logo

मेलम्चीको पानी २७ गतेबाट घरघरमा वितरण गर्ने तयारी, मन्त्रीले गरे निरिक्षण

मेलम्चीको पानी २७ गतेबाट घरघरमा वितरण गर्ने तयारी, मन्त्रीले गरे निरिक्षण



काठमाडौं । सरकारले चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा पुर्याउने योजनाको तयारी गरेको छ । जसका उद्घाटन उक्त दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपबाट गर्नेछिन । । विशेष समारोहबीच गरिने उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित देशका उच्च ओहदाका व्यक्तित्वहरु समारोहमा सहभागी हुनेछन् ।

laxmi

सोही कार्यक्रम स्थलको आज खानेपानीमन्त्री मणिचन्द्र थापाले भृकुटीमण्डपमा निरिक्षण गरेका छन् । उनले चैत्र २७ को विशेष कार्यक्रमको तयारीबारे नीरिक्षण गरेका हुन् । उनले मेलम्चीको पानी घर घरमा पुर्याउने पहिलो कदमलाई भव्य बनाउने समारोहको तयारीबारे मन्त्रालयका कर्मचारीसहित नीरिक्षण गरेका हुन् ।

मेलम्चीको पानी सुन्दरीजलमा खसालिसकिएको छ । तर, अझै पाइपलाइनबाट घर घरमा पुर्याइएको छैन । चैत्र २७ गतेबाट घर घरमा पुर्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL