Logo

नेपालमा लगानी गर्न चाइनीज नेपाली व्यवसायीबीच समझदारी

नेपालमा लगानी गर्न चाइनीज नेपाली व्यवसायीबीच समझदारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा लगानी भित्र्याउने सम्बन्धमा चाइनीज प्रतिनिधि र नेपाली व्यवसायी बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार होटल सोल्टीमा भएको एक कार्यक्रममा चीनको तिब्बत चेम्बर अफ बोर्डर ट्रेडका उपाध्यक्ष ताउबीदिन र नेपाल चाइना चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष त्रिभुवनधर तुलाधरले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा चाइनीज व्यवसायीहरुले आफुहरु नेपालमा लगानी गर्न इच्छुक रहेको र सोही अनुसार वातावरण बनाइदिन आग्रह गरेका छन् । विशेषगरी कृषि र पर्यटनमा लगानी गर्न चाहेको उनीहरुले बताएका छन् । उक्त कार्यक्रममा कृषि, पर्यटन तथा ऊल उद्योगमा लगानी गर्ने सम्बन्धमा नेपाली व्यवसायी र चाइनीज व्यवसायीबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा चीनका ४ र नेपाली ४ कम्पनीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उनीहरुले केही समयभित्रै नेपालमा ठूलो लगानी ल्याउने प्रतिवद्धता समेत जायर गरेका छन् । हाल नेपालमा भइसहेको अघोषित नाकाबन्दीले दैनिक जिवन कष्टकर भएको भन्दै त्यसलाई समाधान गर्न समेत आफुहरु तयार रहेको चाइनीज व्यवसायीहरुले बताएका छन् । ‘भुकम्प पछिको पुनर्निर्माण र अधोषित नाकाबन्दीले देखिएको समस्या समाधान गर्न हामी तयार छौं,’ चाइनीज व्यवसायीहरुले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL