Logo

सवैभन्दा बढी भ्याट तिर्ने टेलिकम, कर तिर्ने प्रोपाइटर सिपमा पशुपति ट्रेड लिंक

सवैभन्दा बढी भ्याट तिर्ने टेलिकम, कर तिर्ने प्रोपाइटर सिपमा पशुपति ट्रेड लिंक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत आर्थिक बर्षमा नेपाल टेलिकम सवैभन्दा बढी मुल्य अभिबृद्धि कर कम्पनी बनेको छ । मंगलवार कर दिवसको अवसरमा सरकारले सबैभन्दा धेरै मुल्य अभिबृद्धि कर तिरेको भन्दै टेलिकमलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित कर दिवसमा अर्थमन्त्री विष्णु पौडेलले मंगलबार उत्कृष्ट करदाताहरुलाई सम्मान गरेका हुन् ।

त्यस्तै मोवाइल सेवा प्रदायक एनसेल सबैभन्दा ठूलो करदातामा मोवाइल सेवा प्रदायक कम्पनी एनसेल परेको छ । एनसेल २०७० / ७१मा सबैभन्दा बढी कर तिरेको हो ।

गत बर्ष सवैभन्दा बढी कर तिर्ने प्रोपाइटरसिपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको पशुपति ट्रेड लिंक परेको छ । त्यस्तै सवैभन्दा बढी अन्तः शुल्क सूर्य नेपालले तिरेको छ ।

karmachari 3सूर्य नेपाल विगत चार वर्षदेखि सबैभन्दा बढी अन्तशुल्क बुझाउने कम्पनीमा पर्दै आएको छ । यसबर्ष सरकारले धेरै आयकर तिर्नेमा गुणराज भण्डारी र जया शाहलाई सम्मान गरेको छ । उनीहरु दुबै हिमालयन डिष्ट्रलरिमा आवद्ध छन् ।

यता सवैभन्दा बढी शिक्षा सेवा शुल्क तिर्नेमा काठमाडौं मेडिकल कलेज परेको छ । त्यस्तै स्वास्थ्य सेवासम्बन्धी सस्थामा ओम अस्पताललाई सम्मान गरिएको छ । सोल्टि होटल गत बर्षको सवैभन्दा बढी कर तिर्ने होटलमा परेको छ ।

त्यस्तै कृषि उद्योगमा चौधरी ग्रुपको सिजी फूड्स छ । औषधी उद्योगमा जनता देउरालीले सबैभन्दा बढी कर तिरेको छ । आन्तरिक राजस्व विभागका अनुसार वाणिज्य  बैंकहरु मध्ये नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ ।

त्यस्तै विकास बैंकमा सरकारी स्वामित्वको एनआईडिसीले र फाइनान्स कम्पनीमध्ये नारायणी नेशनलले सबैभन्दा बढी कर तिरे ।

रेमिटेन्सको कारोबार गर्ने सस्थामध्ये आईएमईले सबैभन्दा धेरै कर तिरेको भन्दै सरकारले सम्मान गरेको छ । त्यसैगरी व्यक्तिगत रुपमा सबैभन्दा बढी कर तिर्ने चिकित्सक उपेन्द्र देवकोटा परेका छन् ।

क–कसले तिरे बढी कर ?

tax-payer

प्रतिक्रिया दिनुहोस्
MBL