Logo

एभरेष्ट बैंक र आइएलएफसी मर्जरमा जाँदै

एभरेष्ट बैंक र आइएलएफसी मर्जरमा जाँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंक र इण्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी मर्जरमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजी बृद्धि योजनासँगै यी दुई वित्तीय संस्था मर्जरमा जान लागेका हुन् ।

दुई संस्थाबीच मर्जरमा जानका लागि पटक–पटक छलफल भएको र केही समयभित्रै टुङगो लगाइने समाचार स्रोतले जानकारी दिएको छ । तर, मर्जरमा जाँदा सेयर स्वाप रेसियो कति तय गर्ने भन्ने विषयमा भने टुङ्गो नलागिसकेको उक्त स्रोतले बताएको छ ।

ILFCO-logo2-smaleverest-bank

 

मर्जरका लागि बैंकको तर्फबाट अध्यक्ष विके श्रेष्ठ आफैले छलफल गरिरहेका छन् भने आइएलएफसीका तर्फबाट भने डम्बरबहादुर मल्लले त्यसको नेतृत्व गरिरहेका छन् ।

यता एभरेष्ट बैंकले राष्ट्र बैंक समक्ष २०७३ असार मसान्तभित्र मर्जरबाट २ अर्व रुपैयाँ पुँजी बृद्धि गर्ने योजना पेश गरेको छ । आइएलएफसीको चुक्ता पुँजी बढी भएकाले पनि सोही संस्थासँग मर्जरगर्दा पुँजी बृद्धिमा सहयोग पुग्ने बैंक स्रोतले जानकारी दिएको छ ।

आइएलएफसीले पनि जतिसक्दो चाडो मर्जरमा जाने बताउँदै आएको छ । हाल छलफल अन्तिम चरणमा पुगेको र सेयर मुल्य मिल्ने वित्तिकै मर्जरमा जाने आइएलएफसी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL