Logo

वायुसेवा निगमलाई लुम्बिनी र पोखरा अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्डह्याण्डलिङ्गको अनुमति

वायुसेवा निगमलाई लुम्बिनी र पोखरा अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्डह्याण्डलिङ्गको अनुमति



काठमाडौं । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त गरेको छ ।

laxmi

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को गत मङ्सिर १७ को निर्णयले निगमलाई उक्त अधिकार प्राप्त भएको निगमले जनाएको छ । निगमले हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।

त्यसैगरी निगमले ट्विनअटर विमानबाट मङ्सिर ३० मा सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका वडा नं २ स्थित काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको जनाएको छ ।

राष्ट्रिय ध्वजावाहक निगमले सेवाग्राहीको अपेक्षा र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न गुणस्तरीय सेवासहितको व्यावसायिक सुनिश्चितता एवं प्रवद्र्धनका लागि १० वर्षे व्यावसायिक कार्ययोजना तयार पारेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन ।

निगमले उक्त व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष मङ्सिर २९ गते बुझाएको थियो ।

निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरे तथा महाप्रबन्धक डिम प्रकाश पौडेलको नेतृत्वमा बुझाइएको सो व्यावसायिक योजना ग्रहण गर्दै मन्त्री भट्टराईले निगमको एउटा रोडम्याप तयार भएको र सरकारले यो योजनालाई सफल बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताएका विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL