Logo

पेट्रोलियम आयात गर्न २ कम्पनीको आवेदन

पेट्रोलियम आयात गर्न २ कम्पनीको आवेदन


बिजखबर संवाददाता
27
Shares

तत्काल पेट्रोलियम पदार्थ आयाता गर्नका लागि २ वटा कम्पनी इच्छुक देखिएका छन् । नेपाल आयाल निगमले ३ दिनको म्याद दिएर पेट्रोलियम पदार्थ आयात गर्न विश्वव्यापी आशयपत्र माग गरेपनि हालसम्म जम्मा २ वटा कम्पनीको मात्र आवेदन परेको निगमका एक उच्च अधिकारीले बिजखबरलाई बताए । नेपाल–भारत सिमा नाकामा भइरहेको अवरोध र भारत सरकारले अघोषित रुपमा नाकाबन्दी लगाएपछि निगमले अन्य मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्ने निर्णय गरेको थियो ।

निगमका अनुसार बेलुकासम्ममा नेशनल एभिएसन र ओरेन्टियल सर्भिसले तत्काल विभिन्न मुलुकबाट पेट्रोलियम आयात गर्नका लागि आशयपत्र दर्ता गराएका छन् । निगमले तत्कालको संकट समाधानका लागि विश्वव्यापी रुपमा बोलपत्र खुला गरेपनि सोचे अनुरुप आवेदन नपरेको निगम स्रोतले जानकारी दिएको छ । निगमले विहीबार सुचना प्रकाशित गरी ३ दिनभित्र आशयपत्र पेश गर्न आग्रह गरेको थियो । जसको म्याद भोली सकिँदै छ । आवेदन परेका मध्ये उत्कृट मध्येबाट तत्काल पेट्रोलियम पदार्थ तथा ग्यास आयात गरिने निगमले बताएको छ ।

निगमले १५ दिनका लागि पुग्ने पेट्रोलियम व्यवस्था गर्न सक्ने गरी आशयपत्र माग गरेको थियो । निगमका अनुसार प्रतिदिन करिब केएल डिजेल, पेट्रोल करिब १०० केएल, हवाई इन्धन र मट्टितेल करिब २०० केएल र एलपी ग्याँस करिब १०० मेट्रिक टन परिणाम बराबर उपलब्ध गराउन आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL