Logo

भारतबाहेक मुलुकबाट पेट्रोलियम ल्याउँदै आयल निगम

भारतबाहेक मुलुकबाट पेट्रोलियम ल्याउँदै आयल निगम


बिजखबर संवाददाता
0
Shares

नेपाल आयाल निगमले भारत वाहेक अन्य मुलुकबाट पनि पेट्रोलियम पदार्थ आयात गर्ने भएको छ । इण्डियन आयाल निगमले सम्झौता अनुरुप तेल दिन आनाकानी गरेपछि निगमले अन्य मुलुकबाट ल्याउन लागेको हो ।

नेपाल भारत सिमा नाकामा केहि दिनयता भइरहेको अवरोध र भारत सरकारले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दीका कारण पेट्रोलियम आपूर्तीमा समस्या भएपछि नेपाल आयल निगमले वैकल्पिक व्यवस्थाका लागि भारतबाहिर जुनसुकै देशबाट आपूर्तीको बाटो खुला गरेको छ ।

निगमले बिहिबार एक सुचना प्रकाशित गर्दै अहिलेको परिस्थिती सहज नभएसम्म हवाई इन्धन, पेट्रोल, डिजेल मट्टितेल तथा खाना पकाउने एलपी ग्यास आपूर्ति गर्न देशी विदेशी कम्पनीसँग आशय पत्र माग गरेको हो ।

निगमले १५ दिनका लागि पुग्ने पेट्रोलियम व्यवस्था गर्न सक्ने गरी आशयपत्र माग गरेको हो । निगमका अनुसार प्रतिदिन करिब २ सय केएल डिजेल, पेट्रोल करिब १ सय केएल, हवाई इन्धन र मट्टितेल करिब २ सय केएल र एलपी ग्याँस करिब १ सयमेट्रिक टन परिणाम बराबर उपलब्ध गराउन आह्वान गरेको हो । ईच्छुक कम्पनीले तीन दिनभित्र आशयपत्र प्रस्तुत गर्नुपर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL