Logo

यसरी पर्दैछ महामारीको असर कच्चा तेलको व्यापारमा, मूल्य अझै घट्ने

यसरी पर्दैछ महामारीको असर कच्चा तेलको व्यापारमा, मूल्य अझै घट्ने



काठमाडौं । अमेरिकास्थित युएस ईनर्जी ईन्फर्मेसन एडमिनिस्ट्रेसन (ईआईए)का अनुसार गत बर्ष सन २०१९ मा अमेरिकाले प्रतिदिन ६० लाख ८० हजार ब्यारल कच्चा तेलको आयात गरेको थियो । यस्तै प्रतिदिन ३० लाख ब्यारल कच्चा तेल निर्यातसमेत गरेको थियो । तर हाल यसको तथ्यांक घटेको छ । कच्चा तेलको आयात र निर्यातको तथ्यांकमा अमेरिकाको मात्रै नभई विश्वभरी नै आयात, निर्यातमा गिरावट आएको देख्न सकिन्छ ।

laxmi

ईआईएको तथ्यांकअनुसार अमेरिकाले यो बर्षको जुन महिनामा गत बर्षको सोही अवधिको तुलनामा २७ हजार ८ सय ८५ ब्यारल कच्चा तेल कम आयात गरेको छ । यस्तै ३ लाख ४७ हजार ब्यारल कम कच्चा तेल निर्यात गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय अमेरिकासँगै विश्वभरीको नै कच्चा तेलको व्यापार नाजुक अवस्थामा रहेको ब्लु लाईन फ्युचरका व्यापार प्रमुख फील स्ट्रेईबल बताउँछन् ।

उनका अनुसार गत मार्चमा निर्यात व्यापार पीकमा पुगेपनि त्यसपछिका दिनमा भने यसको व्यापार अवस्था नाजुक बन्दै गएको छ ।

यस्तै अमेरिकाबाट आयात निर्यात हुने बस्तुमा समेत ७० प्रतिशतको गिरावत आएको छ । यस्तै यसको माग र आपुर्तिमा मौसमी मूृल्यले पनि असर पार्ने गरेको सीएमई ग्रूपका वरिष्ठ अर्थशास्त्री एरिक नोरल्याण्ड बताउँछन् । उनका अनुसार जाडो याममा बढ्ने यसको मागका बीच मूल्य भने घट्ने सम्भावना छ ।

यसैकारण यो महामारी अझै केही महिना रहीरहे तेलको व्यापारमा ठुलो आपत्ती आउन सक्ने उनको भनाई छ । पृथ्वीको उत्तरी गोलार्धमा ९० प्रतिशत बढी मानिसको बसोबास रहेको र सो क्षेत्रमा जाडो याम लागेकाले तेलको माग र आपुर्तिमा ठुलो असर पर्ने उनी बताउँछन् । सोही अनुसार विश्वभरको कच्चा तेल आयातनिर्यात र उत्पादनमा भारी गिरावट आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL