Logo

बजार अनुगमनमा तिव्रतासँगै व्यवसायीलाई एफएनसीसीआईको आग्रह : आचार संहिताको पालना गरी व्यापार गर्नुस

बजार अनुगमनमा तिव्रतासँगै व्यवसायीलाई एफएनसीसीआईको आग्रह : आचार संहिताको पालना गरी व्यापार गर्नुस



काठमाडौं । नपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक आचारसंहिता पालना गरी व्यवसाय गर्न आग्रह गरेको छ । संघले मंगलबार एक विज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । पछिल्लो समय सरकारी तवरबाट बढ्दो बजार अनुगमन र बजारमा प्रशस्तै मात्रामा म्याद गुज्रेका र अवैध खाद्य बस्तु भेटिएपछि संघले यस्तो आग्रह गरेको हो ।

laxmi

विश्वव्याधी कोभिड–१९ का कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको छ । कोरोना संक्रमितहरूको संख्या तिव्रतररूपमा बढ्दै छ । यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्थतन्त्रमा गम्भीर असर परिरहेको छ । समग्रमा भन्दा मुलुक इतिहासकै सवैभन्दा गम्भीरसंकटतर्फ उन्मुख छ । महामारीको यो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र बाँच्न पाउने अधिकारको रक्षानै हो ।

निजी क्षेत्रले महामारीमा नेपाल सरकारलाई दरिलो साथ र सहयोग दिंदै आएको छ भने अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको छ । महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूप्रति महासंघले आभार प्रकट गरेको छ ।

यस्तो कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कहिल्यै र कहिकतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनु नहुने महासंघको भनाई छ । ‘कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसंग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन,’ विज्ञप्तीमा भनिएको छ, ‘यदि कहीकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागीदार हुनुपर्ने हुंदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सवैमा आग्रह गर्दै महासंघ आफ्ना सबै सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू मार्फत मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आव्हान गर्दछ ।’

यस्तै चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउंदै सवै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न समेत महासंघले सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL