Logo

आयोजना अलपत्र पारेर छाड्दै ठेकेदार कम्पनी, ७ कम्पनीसँग क्षतिपूर्ति असुल गरी कालोसूचीमा राख्न सिफारिस

आयोजना अलपत्र पारेर छाड्दै ठेकेदार कम्पनी, ७ कम्पनीसँग क्षतिपूर्ति असुल गरी कालोसूचीमा राख्न सिफारिस



काठमाडौं । सरकारले विभिन्न ७ ठेकेदार कम्पनीलाई कारबाही अगाडी बढाएको छ । सडक विभाग अन्तर्गतको सडक डिभिजन लहानले सोमबार एक सूचना जारी गर्दै समयमा काम नसकाउने, सम्पर्कमा नआउने र काम अधुरै छोड्ने ७ कम्पनीसँग स्पष्टिकरण मागेको हो ।

विभिन्न स्थानमा गरी १२ ओटा आयोजनाको ठेक्का लिएर सर्त अनुसार काम नगरेको, समयमै काम नगरेको र हालसम्म सम्पर्कमै नआएका ७ ठेकेदार कम्पनीलाई विभागले कारबाहीको लागि सिफारिस गर्दै कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

सडक डिभिजन लहानले बज्रगुरु कन्स्ट्रक्सन, बज्रगुरी विकास जेभी, स्काईलाईन कन्स्ट्रक्सनलगायत विभिन्न १२ आयोजनाको् ठेक्का लिने ७ निर्माण कम्पनीलाई आगामी ७ दिनभित्र स्पष्टिकरण माग गरेको हो । जसमा कम्पनीहरुले विभिन्न सडकलगायत अन्य आयोजनाहरु हात पार्दैै अलपत्र पार्ने गरेको उल्लेख छ ।

उक्त कम्पनीहरुलाई समयमै कामको टुंगो नलगाएकाले सम्झौता रद्ध गर्दै क्षतिपूर्ति असुल गरी कालोसुचीमा राख्ने सूचनामा उल्लेख छ । तर कम्पनी स्वयं सडक डिभिजन लहानमा ७ दिनभित्र उपस्थित भई कालोसूचीमा राख्न नहुने र सम्झौता रद्ध नहुने स्पष्टिकरण दिन आग्रह गरिएको छ ।

यदि ७ दिनभित्र कुनै स्पष्टिकरण नआए उक्त ७ कम्पनीलाई सडक डिभिजन जहानले सार्वजनिक खरिद ऐन २०६३ संशोधनसहितको दफा ५९ ९७० ९८० अनुसार कारबाही गरिने बताईएको छ ।
पछिल्लो समय विभिन्न ठेकेदार कम्पनीहरुले ठेक्का लिने तर विभिन्न बहाना बनाई समयमै काम नसकाउने, सडक कार्यलयको सम्पर्कमा नआउनेलगायतका क्रियाकलापहरु गर्दै आएका छन् ।

आयोजना अलपत्र पारेर छाड्दै ठेकेदार कम्पनी, ७ कम्पनीसँग क्षतिपूर्ति असुल गरी कालोसूचीमा राख्न सिफासिर

प्रतिक्रिया दिनुहोस्
MBL