Logo

सेयर बजारमा चलखेल गर्न खोजेको भन्दै नेप्सेले सिभिल बैंकलाई सोध्यो स्पष्टिकरण, सोमबार बजार खुल्नु अघि जवाफ दिन निर्देशन

सेयर बजारमा चलखेल गर्न खोजेको भन्दै नेप्सेले सिभिल बैंकलाई सोध्यो स्पष्टिकरण, सोमबार बजार खुल्नु अघि जवाफ दिन निर्देशन



काठमाडौं । नेपाल स्ष्टक एक्स्चेञ्ज (नेप्से)ले सिभिल बैंकलाई स्पष्टिकरण सोधेको छ । बजार मूल्य असर पार्ने गरी हिमालयन बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच अनौपचारिक कुराकानी पश्चात सिभिल बैंक संचालक समितिले हिमालयन समक्ष मर्जरका लागि औपचारिक प्रस्ताव गरेको समाचार बाहिर आएसँगै नेप्सले सिभिललाई स्पष्टिकरण सोधेको हो ।

laxmi

‘सूचीकृति धितोपत्रको बजार मूल्यमा असर पार्नसक्ने कुनै घटना वा कारोबार भएका त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था बमोजिम सो सम्बन्धी सूचना तथा जानकारी यस लिमिटेडमा हालसम्म प्राप्त भएको छैन,’ नेप्सेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस विषयमा बैंकको भनाई के छ ? सोमबार बजार खुल्नु अघिनै जवाफ आईपुग्नेगरी जवाफ पेश गर्न निर्देशन छ ।’
बैंकको उक्त सूचना बाहिरिएसँगै आईतबार सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसका कारण बजारमा धेरै चलखेल हुन सक्नेभन्दा नेप्सले चिठी काटेर स्पष्टिकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL