Logo

जनकपुर आईपुग्यो नेपाली रेल, हेर्नेहरुको भिड

जनकपुर आईपुग्यो नेपाली रेल, हेर्नेहरुको भिड



काठमाडौं । नेपालको आफ्नै रेल आज जनकपुर आईपुगेको छ । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्मको रेलमार्गमा संचाल हुने नेपालले खरीद गरेको रेल सेट शुक्रबार दिउँसो २ बजे जनकपुर आईपुगेको हो । आज नेपाल आईपुगेको रेल भारत सरकारको सहयोगमा निर्मित जयनगर जनकपुर रेलमार्गमा चल्नेगरी उक्त रेल नेपालले खरिद गरेको हो ।

laxmi

गत बर्षमात्र भारतको चेन्नेईस्थित कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग रेलका लागि अर्डर गरिएको थियो । उक्त रेल जनकपुर आउँदा हेर्नेहरुको बिहानैदेखि भिड देख्न सकिन्छ । भारतको जयनगरदेखि नेपाल ल्याउँदा उक्त रेललाई केही समय भने लागेको छ ।

पहिलोपल्ट भएकाले बाटोको अवस्था हेर्दै ल्याउनुपरेकाले केही ढिलाई भएको रेल विभाग स्रोतले जानकारी दिएको छ ।

उक्त रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो । नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गर्न गत बर्ष बैशाख २६ मा कम्पनीसँग अर्डर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL