Logo

सरकारले माइक्रोब्रुअरी खोल्नका लागि इजाजत दियोे, अल्कोहल ७ प्रतिशत मात्र हुने

सरकारले माइक्रोब्रुअरी खोल्नका लागि इजाजत दियोे, अल्कोहल ७ प्रतिशत मात्र हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ असोज, काठमाडौं । औद्योगिक प्रपद्र्धन बोर्डले माइक्रोब्रुअरी उद्योग स्थापनाका लागि इजाजत दिने निर्णय गरेको छ । बोर्डका अध्यक्ष उद्योग मन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बैंठकले सो निर्णय गरेको हो ।

सो निर्णयसँगै माइक्रोब्रअरी सहतिको रेष्टुराँलाई पर्यटन उद्योगको रुपमा वर्गिकरण गर्न लागिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । ‘हामीले त्यस्ता खालका व्यवसायलाई पर्यटन उद्योगको रुपमा वर्गिकरण गरेर राजपत्रमा सुचना प्रकाशित गर्न नेपाल सरकारलाई सिफारिस गरेका छौं,’ उनले भने ।

न्यौपानेका अनुसार माइक्रोब्रअरीबाट उत्पादन हुने वियरमा अल्कोहको मात्रा अधिकतम ७ प्रतिशतसम्म हुनुपर्ने पर्ने छ । त्यस्ता कम्पनी पक्की भवनमा स्थापना गर्नुका साथै कच्चा पदार्थ भण्डारन, उत्पादन क्षेत्र तथा उत्पादित बस्तुको छुट्टाछुट्टै भण्डार व्यवस्था गर्नुपर्ने हुन्छ ।

उद्योगमा ल्किन इन प्रोसेस तथा प्रयोगशाला हुनुपर्ने छ भने इन्धनको रुपमा विजुली वा एलपीजी ग्याँस मात्र प्रयोग गर्न पाइने छ । त्यस्ता उद्योगमा कम्तिमा १ जना अल्कोहल र फुड टेक्नोलोजिष्ट राख्नुपर्ने छ ।

बोर्डले त्यस्ता उद्योगलाई काठमाडौं उपत्यका तथा अन्य नगरपालिका भित्र पनि संचालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यका तथा अन्य नगरपालिका क्षेत्रमा ब्रुअरी उद्योग संचालन गर्न नपाइने भएपनि माइक्रोब्रुअरी सहितको रेष्टुराँ उद्योगको रुपमा यसलाई संचालन गर्न दिने निर्णय गरेको हो । उद्योग स्थापनाका लागि सम्बिन्धत निकायबाट गरिने प्रारम्भिक वातावरण परिक्षण (आईईई)का लागि भने वातावरण मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL