Logo

स्विस बैंकमै किन राखिन्छ पैसा ?

स्विस बैंकमै किन राखिन्छ पैसा ?


रामराजा श्रेष्ठ
0
Shares

अर्जुन पोख्रेल, काठमाडौं ।

सुरक्षितसाथ पैसा जम्मा गर्नको लागि र चाहिएको समयमा ऋण लिनका लागि संसारभरका सबै देशमा हरेक प्रकारका बैंक छन । सबै बैंकले आफुलाई सुरक्षित दावी गर्छन । धेरै बैंकले ऋण प्रवाह गर्दा ब्याज मँहगो लिन्छन भने बचतकर्तालाई सस्तो ब्याज दिइरहेका छन । बचतकर्ताले पनि रकम सुरक्षित हुन्छ भनेर नै सस्तो ब्याजदरमा रकम बैंकलाई जिम्मा दिएका हुन्छन तर बेला बेलामा ठुलो रकमसहित बैंक लुटिएका खबर पनि आइरहन्छन । कहिलेकाहि बचतकर्ताले आफुलाइ चाहिएको समयमा रकम निकाल्न पनि पाउदैनन्, त्यस्तै एकाउन्ट ह्याक हुन्छन् । आफ्नो एकाउन्टबाट सुचना चुहिएर पैसा अर्कैले झिक्छ। यस्तै समस्याबाट मुक्ति पाउन संसारभरका धनाढ्यहरुको रोजाईमा पर्ने गरेका छन्  स्विजरल्याण्डका  बैंक ।

बैंक सेक्रिसी ल (गोपनियताको कानुन) हरेक देशमा हुन्छ तर स्विजरल्याण्डको कानुन अलि भिन्न छ । स्विस बैंकिंङ एक्ट १९३४ का अनुसार बैंकले खातावालाको अनुमतिबिना खाता नंबर पनि सार्वजनिक गर्दैन । संसारका हरेक देशका पुलिस प्रशासन, राजस्व बिभाग तथा अदालतले आवश्यक परेमा जुनसुकै खातावाला व्यक्तिका बारेमा जानकारी लिन सक्छ तर स्विजरल्याण्डमा संघीय बैंक नियन्त्रण आयोग बाहेक कुनै पनि निकायले खातावालाको बारेमा जानकारी माग्न सक्दैनन् । सन्  १९३४ मा कानुन लागु भएपछि देशको संघीय  बैकं नियन्त्रण आयोगले मात्र सामान्य निगरानी गर्छ । स्विस बैंक यस्तो बैंक हो  जहाँ रकम राखेपछि हराउने एकाउन्ट ह्याक हुने लुटिने लगायतका कुनैपनि समस्या हुदैन ।

bizkhabar__HSBC_Bank

 

यी हुन् पैसा राख्नुका कारण 

स्विस बैंकको गोपनियताका बारेमा जानकारी पाइसकेपछि स्पष्ट हुन्छ कि किन त्यहा पैसा राख्ने । यदि कसैले भ्रष्टाचार गर्यो र पैसा स्विस बैंकमा पैसा राख्यो भने सामान्यतया छानविनको लागि सबै प्रकारका ढोका बन्द हुन्छन् । यसको मतलव पैसा बिल्कुल सुरक्षित । यो अनैतिक काम हो तर साँचो कुरा यहि हो । अधिकांस भ्रष्टाचार गरेको पैसा स्विस बैंकमा हुन्छ ताकि अरु व्यक्तिलाई थाहा हुदैन उसँग कति अतिरिक्त पैसा छ । यसैकारण संसारभरका अधिकांश कालो धन होस चाहे सेतो धनले स्विस बैंकको लगानी बढाउन सहयोग गरिरहेका छन् । हाल स्विस बैंक सँग १,५३० अरव स्विस फ्रयाङ्क (१ लाख ४४ हजार अर्ब ) रुपैया निक्षेप रहेको छ । यो रकमको ५ प्रतिशत रकम कालोधन वा अनैतिक कामबाट कमाएका व्यक्तिले जम्मा गरको रकम रहेको छ

सबैभन्दा धेरै कालोधन भारतीय नागरिकको

करिब ४०० भारतिय नागरीकले स्विस बैकमा पैसा राखेका छन् । भारतले स्विजरल्याण्डमा भारतीय नागरिकले राखेको कालो धनको केहि विवरण पाएको छ । आखिर भारतीयहरुले त्यती ठुलो रकम किन स्विस बैंकमै राखे त ? उत्तर सिधा छ सबै बचतकर्ताको जानकारी गोप्य हुन्छ । बैंकमा राखिएफो अधिकांश रकम कर छली र भ्रष्टाचारबाट  कमाइएको थियो र उक्त रकम लुकाउने वा सुरक्षित रहने ठाँउ स्विस बैंक नै हो  । भारतीय व्यापापरी तथा केही पुर्व राजनीतिज्ञहरुले मात्रै ५ सय ४३ दशमलव ५४ विलियन डलर कालोधन स्विस बैंकमा रहेको अनुमान गरिएको छ । भारत सरकारले कालोधनको छानविन गर्ने घोषणा गरेपछि चार बर्ष भित्र १४ हजार करोड रुपैंया रकम स्विस बैंकबाट झिकिएको तथ्य फेला परेको थियो । निकै ठुलो अर्थतन्त्र भएको मुलुक भारतमा रहेको पैसाको करिब दुइ तिहाइ पैसा स्विजरल्याण्डका दुइवटा बैंक सँगमात्र रहेको  एक अध्यनले देखाएको छ। यसले पनि थप पुष्टि गर्छ कि स्विजरल्यण्डका बैंक कति सुरक्षित र गोप्य छन भनेर ।

bizkhabar_ubs s

 

 ब्याजदर निकै कम

सानोतिनो रकम बैंकमा जम्मा गर्दा पनि ब्याजदर राम्रै आइरहेको हुन्छ । सबैलाई लाग्न सक्छ कि झन यति ठुलो परिमाणमा रकम राखिने बैंकले त पक्कै धेरै नै ब्याज दिन्छ  तर स्विस बैंकको ब्याजदर निकै कम छ । सन् २००१ देखि २०१४ सम्म स्विजरल्याण्डका बैंकले दिने ब्याज १ दशमलव ७ प्रतिशतको अनुपातमा रहेको छ । यो समयको बिचमा सबैभन्दा बढि ब्याज ३ दशमलव ५० प्रतिशत मात्र रहेको थियो ।

बिश्व बैकलाइ चुनौती

 संसारभरका मुलुकमा पुँजी लगानी गर्ने  शक्तशाली विश्व बैंकलाइ स्विस बैंकहरुले चुनौती दिइरहेका छन् । स्विजरल्याण्डमा रहेका पिक्टेट बैंक,जुलियस वेइर बैंक, भान्तावेल बैंक, एचएसबिसी, युबिएस लगायतका मुख्य बैंकले लगानी र निक्षेपमा विश्व बैंकलाइ चुनौति थपेका छन् ।

के भन्छन नेपाली बैंकर्स

विश्वमै सुरक्षित मानिएको स्विस बैंकका बारेमा धरैजसो नेपाली बैंकर्सको एउटै धारणा छ, त्यो हो  रकमको सुरक्षा र गोपनियता । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सिटिजन बैंकका प्रमुख राजन सिंह भण्डारी ले गैरकानुनी ढंगले कमाएको पैसा राखिने हुनाले स्विस बैंकलाई आलोचनात्मक ढंगले अभिव्यक्ती दिँदै कालो धन राख्ने उत्तम स्थानका रुपमा टिप्पणी गरे । त्यस्तै नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैकंका कार्यकारी प्रमुख  उपेन्द्र पौडेलका भनाइमा शुरुका दिनमा स्विस बैंकले दिएको सेवा र सुरक्षाले गर्दा आजसम्म उक्त बैंक एउटा गतिलो ब्राण्डका रुपमा स्थापित भैसकेको छ । यो विश्वासलाई तोडन जुनसुकै बैंकलाई पनि गाह्रो भएको उनको भनाइ छ । यसैगरी एभरेष्ट बैंकका उपमहाप्रबन्धक होमनाथ गुरुङ  मानिसले जतसुकै अनैतिक काम गरेको पैसा कमाए पनि सुरक्षित र गुमनाम ढंगले राख्न पाउने हुँदा स्विस बैंक विश्वमै प्रख्यात मानिएको बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
MBL