Logo

शुक्रबार एकैदिन २ लाख ९२ हजार ५२७ जना संक्रमित थपिए, एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

शुक्रबार एकैदिन २ लाख ९२ हजार ५२७ जना संक्रमित थपिए, एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित



काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको बताएको छ ।

laxmi

शुक्रबार एकै दिन विश्वभर २ लाख ९२ हजार ५२७ जना संक्रमित भएको डब्लुएचओले बताएको छ । यो विश्वमा एकै दिन संक्रमित भएको अहिलेसम्मकै सबैभन्दा ठुलो संख्या हो ।

यसअघि जुलाई २४ मा एकै दिन २ लाख ८४ हजार १९६ जना संक्रमित भएका थिए । त्यस्तै शुक्रबार मात्र विश्वभर कोरोनाबाट ६ हजार ८१२ जनाको ज्यान गएको डब्लुएचओले जनाएको छ ।

शुक्रबार धेरै संक्रमित हुने देशहरुमा ब्राजिल, अमेरिका, भारत र दक्षिण अफ्रिका अगाडि रहेका छन् ।

शुक्रबार ब्राजिलमा ६९ हजार ७४ जना, अमेरिकामा ६५ हजार ४०६ जना, भारतमा ५५ हजार ७८ जना, दक्षिण अफ्रीकामा ११ हजार ४६ जना र कोलम्बियामा ८ हजार ६७० जना संक्रमित भएको डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL