Logo

लकडाउनमा मूल्य सार्वजनिक भएपनि नखुलेकोे सुन बजार, कस्तो छ व्यापार ?

लकडाउनमा मूल्य सार्वजनिक भएपनि नखुलेकोे सुन बजार, कस्तो छ व्यापार ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ७५ दिनपछि आईतबारदेखि सुनचाँदीको मूल्य सार्वजनिक गरिरहेको छ । संचारमाध्यममा समाचारहरुसुनचाँदी पसल खुले भनेर भटाभट समाचार पनि आए । तर, वास्तविकता भने फरक छ ।

laxmi

सरकारले लकडाउन घोषणा गरेसँगै पसल बन्द गरेर मूल्य सार्वजनिक गर्न पनि स्थगित गरेको सुनचाँदी व्यवसायी महासंघले पसल बन्द भएकै अवस्थामा सुनचाँदीको मूल्य सार्वजनिक गरेको थियो । लकडाउनको अवधि जारी रहँदा पसल खोल्न नसकेपनि भित्रभित्रै व्यापार गर्नका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरिएको महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्य बताउँछन् ।

लकडाउनका कारण व्यापार गर्नलाई नै भनेर पसलहरु भने नखोलिएको उनको भनाई छ । लकडाउनले मानिसहरुको आवतजावत बन्द भएकाले व्यापार पनि हुन सकिरहेको छैन । बिबाहको लगन जुर्नेहरुका लागि सुन अत्यावश्यक हुने भएपछि सर्वसाधारणमा अन्यौलता सिर्जना नहोस भन्नका लागि मात्रै सुनचाँदीको मूल्य सार्वजनिक गरिएको उनको भनाई छ ।

लगन जुरेका बिबाहलाई सुनचाँदी आवश्यक परेकाले फोन गरेर यति र यस्तो चाहियो भनेर फोन गर्ने गरेका छन् । व्यवसायीलाई यसरी फोन गरेर उपभोक्ताले सुन मगाउन थालेपछि व्यवसायीले पनि भित्रभित्रै सुन बेच्ने गरेका छन् ।

यस्तै महासंघले काठमाडौंलाई मात्रै नभएर नेपालका अन्य स्थानमा अर्थात जनजीवन सहज भएको स्थानहरुका लागि पनि उक्त मूल्य सार्वजनिक गरिएको बताएको छ । महासंघका अनुसार जनजीवन सहज भएका स्थानहरुमा भने सुनचाँदीका पसलहरु पनि खुलेका र व्यवसाय गर्न सहज होस भन्नका लागि मूल्य सार्वजनिक गरिएको हो ।

विश्वमा कोरोनाको महामारीसँगै अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा गम्भीर असर परेको छ । सोहीअनुसार सुनको मूल्यमा पनि भारी वृद्धि भई नेपालमा हाल सुनको मूल्य प्रतितोला ८८ हजार नजिक पुगेको छ ।

कस्तो छ व्यापार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेपनि पसलहरु भने बन्द छन् । पसल नै बन्द भएपछि सुनचाँदीको व्यापार पनि ज्यादै न्यून छ । लकडाउन अगाडी दैनिक ४० देखि ५० किलो सुन बेच्ने गरेका व्यवसायी हाल रित्तो जस्तै छन् ।

तर, कहिलेकाही अत्यावश्यक परेका उपभोक्ताले भने व्यवसायीलाई नै फोन गरेर सुन मगाउने गरेकाले भित्रभित्रै केही हदसम्म व्यापार भने भईरहेको छ । तर यसको मूल्य बढेसँगै यसको व्यापारमा पनि सोहीअुनसारको गिरावट आउनसक्ने अनुमान गर्छन, महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य ।

उनका अनुसार हाल लकडाउन भएकाले यसै पनि व्यापार छैन र लकडाउन खुल्यो भनेपनि सुनचाँदीको व्यापार पहिलेझैँ होला जस्तो लाग्दैन । सुनमा लगानीको बाटो रोज्दै सुन किन्नेहरु पनि घट्ने उनको विश्लेषण छ । उनका अनुसार अब लगानीको नाममा समेत सुनको व्यापार कम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL