Logo

कोरोना संक्रमितको संख्या साढे ६१ लाख पुग्यो, उपचार पछि घर फर्कनेको संख्या २७ लाख ३० हजार नजिक (अपडेट)

कोरोना संक्रमितको संख्या साढे ६१ लाख पुग्यो, उपचार पछि घर फर्कनेको संख्या २७ लाख ३० हजार नजिक (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसबाट संक्रमितहुनेहरुको संख्या ६१ लाख ४९ हजार ७५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख २३ हजार ३७९ जना नयाँ संक्रमित थपिएको तथ्याङ्कमा उल्लेख छ ।

laxmi

त्यस्तै उपचार पछि निको हुनेको संख्या २७ लाख २९ हजार ९१७ जना पुगेका छन भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ४९७ जना पुगेको छ । हालसम्म अमेरिकामा संक्रमितको संख्या सबै भन्दा बढी रहेको छ ।

अमेरिकामा मात्रै संक्रमितको संख्या १८ लाख १६ हजार १२२ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५४८ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० जना पुगेको छ भने मृत्यु हुनेको संख्या २८ हजार ८३४ जना पुगेको छ । उपचार पछि घर फर्कनेको संख्या भने २ लाख ५ हजार ३७१ जना रहेको छ ।

रसियामा संक्रमितको संख्या ३ लाख ९६ हजार ५७५ रहेको छ भने निको हुनेको संख्या १ लाख ६७ हजार ४६९ जना रहेको छ । स्पेनमा भने २ लाख ८६ हजार ३०८ जना संक्रमित देखिएका छन भने उपचार पछि निको हुनेको संख्या १ लाख ९६ हजार ९५८ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै स्पेन पछि बेलायतमा संक्रमितको संख्या २ लाख ७२ हजार ८२६, इटालिमा २ लाख ३२ हजार ६६४, फ्रान्समा १ लाख ८८ हजार ६२५, जर्मनमा १ लाख ८३ हजार २९४, भारतमा १ लाख ८१ हजार ८२७, टर्किमा १ लाख ६३ हजार १०३, पेरुमा १ लाख ५५ हजार ६७१ र इरानमा १ लाख ४८ हजार ९५० जना संक्रमित रहेका छन ।

कोरोना भाईरसको उद्गम स्थल चीनमा भने ८२ हजार ९९९ जना मात्रै संक्रमित रहेका छन भने उपचार पछि निको हुनेको संख्या ७८ हजार ३०२ जना रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै एक लाख भन्दा कम संक्रमित हुने देशहरुमा भने चिली, क्यानाडा, मेक्सीको, साउदी अरेबिया, पाकिस्तान, बेल्जीयम, कतार, नेदरल्याण्ड, बंगलादेश, इक्वेडर स्वीडेनलगायतका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL