Logo

बुढीगण्डकी आयोजनाको अध्ययन कार्य अन्योलमै

बुढीगण्डकी आयोजनाको अध्ययन कार्य अन्योलमै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ असार,काठमाडौं । बुढिगण्डकी जलविद्युत आयोजनाको अध्ययन कार्य अझै सुरु भएको छैन । बैशाख १२ गतेको भुकम्प पश्चात सो रोकएको सो आयोजनाको अध्ययन कार्य अझै सुचारु हुन नसकेको बुढिगाण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।

भुकम्पको जोखिमका कारण देखाउदै आयोजनाको अध्ययनको जिम्मेवारी लिएको फ्रान्सेली कम्पनी ट्रयाकबेल्टले काम सुचारु गर्न इन्कार गरेको बस्नेतले जानकारी दिए । ‘हामीले छलफल तथा चिठी पठाएर बारम्बार अध्ययनको काम शुरु गर्न निर्देशन दिइरहेका छौं’ उनले भने ‘तर प्राविधिकहरु जोखिम छ भन्दै काम गर्न मानिरहेका छैनन् ।’

आफुहरुले सम्झौता अनुसार काम गर्न दवाव दिइरहेको बस्नेतले जानकारी दिए । सम्झौता अनुसार आयोजनाको अध्ययन जुलाई भित्र सक्नुपर्ने तथा फाइनल रिपोर्ट बुझाउनुपर्ने छ ।
तर टोलिले भने समय थप्न माग गरिरहेका छन् ।

आफ्नो देश फर्किएका टोलि केही दिन अघिमात्र नेपाल आएका थिए ।भुकम्पका कारण क्षतीग्रस्त सो आयोजनाको विस्तृत परियोजना रिपोर्ट तथा टेण्डरको अध्ययन भइरहेको थियो । फ्रान्सेली टोलि आयोजनामा क्षती पुगेकोले बिशेषज्ञ टोलिलाई देखाएपछी मात्र काम सुचारु गर्ने उनले जानकारी दिए ।

१२ सय मेगाावाटको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL