Logo

यूटिएलले अझै बुझाएन रोल आउट प्लान, प्राधिकरणले दियो पून: निर्देशन

यूटिएलले अझै बुझाएन रोल आउट प्लान, प्राधिकरणले दियो पून: निर्देशन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२२ असार,काठमाडौं । दुरसञ्चार प्राधिकरणले यूटिएललाई रोलआउट प्लान बुझाउन पून निर्देशन दिएको छ । युटिएललाई आगामी योजना तथा हालसम्मको प्रगती विवरण पेस गर्न निर्देशन दिइएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतादन्द मिश्रले बताए ।

रोल आउन प्लान बुझाएपछी प्राधिकरणले लाइसेन्स दिने प्रावधान रहेको छ मिश्रले भने । यूटिएलले त्यसपछी आफ्नो सेवा सुचारु गर्न सक्ने छ ।  पटकपटक निर्देशन दिएपनी हालसम्म रोल आउट प्लान नबुझाएको मिश्रले जानकारी दिए ।   ‘यूटिएलको  हालसम्मको प्रगति विवरण तथा आगामी योजनाका आधारमा युनिफाइड लाइसेन्स सम्बन्धमा थप निर्णय गर्नेछ’ उनले भने ।

सकारले यूटीएललाई ४१ ओटा जिल्लामा ‘लिमिटेड मोबिलिटी’सेवा सञ्चालनको अनुमति दिएको थियो । युनिफाइड लाइसेन्सका लागि युटिएलले रोलआउट प्लानका साथमा करिव २७ करोड रुपैयाँ बुझाउनु पर्ने छ । लाइसेन्स लिएसँगै यूटीएलले जीएमएस, सीडीएमए, पीएसटीएन लगायत कयौं दुरसंचारका सेवाहरु उपलव्ध गराउन सक्छ ।

यूटीएललाई एकीकृत लाइसेन्स दिने विषयमा सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो । भारतीय लगानीमा स्थापना भएको युटिएलमा हाल रघुबीर महासेठ समूहले लगानी थपेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL